Loading... 21 August 2019|   बुधबार, भदौ ४, २०७६   

कर्णाली प्रवाहमा गुञ्जिए गजलकार र कवी

  |  195 Views

सुर्खेत, २५ फागुन । कर्णाली प्रदेशाको राजधानी वीरेन्द्रनगरमा ‘कर्णाली प्रवाह’ को पहिलो श्रृङ्खला शनिबार सम्पन्न भएको छ । कर्णाली कला साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको पहिलो श्रृङ्खलामा कवी र गजलकारहरुले सुर्खेतको साहित्यिका माहौललाई तताएका छन् । कवीद्धय सुदेश सत्याल र हेमप्रकाश मञ्जिल तथा गजलकारद्धय ऋषी शर्मा ‘सुदामा’ र पुष्पराज आचार्य ‘पीडित’का कविता र गजलहरुमा शनिबार सुर्खेती साहित्यानुरागीहरुले रस्वादन गरेका छन् ।

तनहुँका श्रष्टा सुदेश सत्यालका छन्दबद्ध कविता र जुम्लाका कवी हेमप्रकाश मञ्जिलका गद्य कविताले देशको वर्तमान राजनीतिक अवस्था, सामाजिक बिकृती, विसंगती बोकेका दुई दर्जन कविता वाचन गरेका छन् । दाङका गजलकार ऋषी शर्मा र कालिकोटका गजलकार पुष्पराज आचार्यले कर्णाली बिकासमा पछाडि पर्नुको कारण र बिकासका लागि राज्यको भुमिका, सामाजिक कुसंस्कार, माया प्रेमका गरी ९÷९ वटा गजल वाचन गरेका थिए । नेपाली भाषा र सभ्याताको उद्गम स्थल कर्णालीमा गरिएको साहित्यिक कार्यक्रमले यहाँको कला र संस्कृतीलाई उत्थान गर्न मदत पुगेको आयोजकले जनाएका छन् ।

कर्णाली प्रदेश सभाका सांसदहरु देवी ओलीको प्रमूख आतिथ्यतामा भएको कर्णाली प्रवाहको पहिलो श्रृखलामा प्रदेश सांसद कुर्मराज शाही, पद्मा खड्कालगायतले सर्जकहरुले साहित्यिक सिर्जनामार्फत कर्णाली बिकासका आफुहरुलाई सुझाव दिएको बताए । ‘कला साहित्यको उत्थानः कर्णाली समृद्धिको अभियान’ भन्ने मुल नाराका साथ कर्णाली कला साहित्य प्रतिष्ठान नेपालले यहाँको साहित्यिक उत्थानका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानका महासचिव दिपक अभिलाषीले बताए ।

संस्थाका अध्यक्ष नवराज कुन्दनको अध्यक्षतामा भएको कार्यक्रममा साविकको कर्णाली अञ्चलका पहिलो कृतीकार तथा साहित्यकार कृष्णराज धमाला ‘अपूर्ण’ले शनिबार पहिलो श्रृङ्खलामा सहभागी साहित्यकारहरुको संक्षिप्त परिचयबाट सुरु गरिएको कार्यक्रममा संस्थाका उपाध्यक्ष हरीबहादुर शाही ‘बिन्दास’ले स्वागत र गजलकार महेन्द्रचन्द महासागरले कार्यक्रमाको सञ्चालन गरेका थिए ।

Bulbule
प्रकाशित मितिः शनिबार, फागुन २५, २०७५     7:42:58 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *