Loading... 23 July 2019|   मंगलबार, साउन ७, २०७६   

क्यान इन्फोटेकको तयारी पूरा, एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको भनाई

  |  179 Views

फागुन २२, सुर्खेत । यही फागुन २४ गतेदेखि सुर्खेतमा आयोजना हुन लागेको आइएमइ पे क्यान इन्फोटेकको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

इन्फोटेकका मुख्य आकर्षकको रुपमा सूचना प्रविधिको बृहत प्रदर्शनी, प्रत्येक दिन आईटी सेमिनार, लक्की ड्रबाट हरेक दिन एकजनालाई रारा भिजीट, कम्प्युटर ल्यापटप र प्रिन्टर फ्रि सर्भिस क्याम्प, टाईपिङ्ग कम्पीटिसन, नेपाली वैज्ञानिकहरुद्वारा निर्मित रोबोर्ट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, दृष्टिविहिनहरुलाई कम्प्युटर मोवाईल चलाउन सिकाईने, सेवा तथा सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था, अनलाईन टिकेटिङमा निशुल्क टिकटको व्यवस्था र हरेक दिन १० जनालाई एनपिएभी एन्टिभाईरस सित्तैमा प्रदान गरिने आयोजकले जनाएको छ ।
यस पटक आयोजना हुन लागेको यस इन्फोटेकलाई आइएमइ पे ले मुख्य प्रायोजन गरेको छ । एशोसियट स्पोन्सर भिस्टा सिसिटीभि, अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स गरेको आयोजकले जनाएको छ । इन्फोटेकमा ६२ वटा स्टलहरु बुकिङ्ग भइसकेका छन् । मेलामा राष्ट्रियस्तरका व्यवसायीहरु सहभागी हुने भएकोले कर्णालीबासीले अझ धेरै फाइदा उठाउने विश्वास लिएको आयोजकले बताएको छ । नेपालमा भित्रीएका नविनतम प्रविधिहरुको प्रदर्शनी मुख्य रहनेछ । इन्फोटेकलाई स्तरिय, सभ्य र भव्य बनाउन हरसम्भव प्रयास गरेका छौं । मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार संचालन हुने बताइएको छ । सरकारी, गैरसरकारी तथा नीजि क्ष्ँेत्र, शिक्षा तथा विज्ञान तथा प्रविधि क्ष्ँेत्रको उल्लेख्य सहभागीता हुने अपेक्षा रहेको आयोजकले पत्रकार सम्मेलन गरेर बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाका अध्यक्ष प्रेम प्रकाश चन्दले भन्नुभयो, ‘यस प्रदर्शनीलाई सुर्खेतको लागि सूचना संचार र प्रविधिको ठूलो प्रदर्शनीका रुपमा लिएका छौं । यस प्रदर्शनीमा कर्णाली प्रदेश भित्रका १० वटै जिल्लाको सहभागीता रहने र करिव १ लाख बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा लिएका छौं ।’

यस प्रदर्शनीको आयोजनाले कर्णाली प्रदेशमा सूचना संचार र प्रविधिमा जानकारी, प्रचारप्रसारका साथै व्यापार प्रवर्धनमा समेत टेवा पु¥याउनु, कर्णाली प्रदेश सरकारले लिएको समृद्ध नेपालका लागि डिजिटल कर्णाली अभियानलाई समेत सहयोग गर्ने, कृर्षि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारलाई प्रविधिसंग जोड्न यसले मद्दत गर्ने, स्थानीय मुख्य पर्यटकिय आकर्षण क्ष्ँेत्रको हिसावले धार्मिक तथा ऐतिहासिक रुपमा राष्ट्रिय सम्पदा सुचिमा सुचिकृत काक्रेविहार, बुलबुले ताल, देउती बज्यै मन्दिर, गोठीकाडा, घण्टाघर, भेरी र कर्णाली नदि, जाजुरा दह, रारा, थारु होमस्टेलाई प्रविधिमा जोडेर पर्यटन प्रबर्धनमा टेवा पु¥याउने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

मेलामा अन्तरविद्यालय प्रविधि प्रदर्शनी हुनेछ । टिकट व्यवस्थित गर्न आइएमइ पे मार्फत अनलाईन टिकेटि¨को व्यवस्था गरिएको छ । अनलाईन टिकट काट्नेहरुले निशुल्क टिकट सुविधा लिन सक्ने जनाइएको छ । यसका लागि मोबाईलमा आइएमइ पे डाउनलोड गरि टिकट लिन सकिनेछ । विद्यार्थी मैत्री वातावरण तयार गरिएको छ । विद्यार्थी विद्यालयको पोशाक र परिचयपत्रका साथमा आएमा निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ भने परिचयपत्र मात्रै भएको तर पोशाक नभएकालाई ५० प्रतिशत छुटको व्यवस्था मिलाईएको छ । नया प्रविधि सहितका प्रदर्शनी, ५ देखि ५० प्रतिशत सम्म सामानमा छुटको व्यवस्था, स्थानीय तथा राष्ट्रिय स्तरमा विकास भएका प्रविधिको प्रदर्शनी, स्मार्ट सेमिनार, निशुल्क कम्प्युटर तथा प्रिन्टर मर्मत क्याम्प, अन्तर विद्यालय प्रविधि प्रतियोगीता, विज्ञान प्रर्दशनी र फ्रि वाईफाई जोन मुख्य आकर्षकका रुपमा रहनेछन् । कर्णाली प्रदेश सरकार, स्थानीय निकाय, सरकारी तथा नीजि र संचार क्षेत्रको साथ र सहयोग रहने आयोजकको अपेक्षा छ ।

Bulbule
प्रकाशित मितिः बुधबार, फागुन २२, २०७५     7:42:24 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *