Loading... 23 July 2019|   मंगलबार, साउन ७, २०७६   

क्यान इन्फोटेकको तयारी तिब्र

  |  277 Views

सुर्खेत १६ फागुन । कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) सुर्खेतको आयोजनामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संचालित हुने कर्णाली प्रदेश स्तरीय क्यान इन्फोटेक यही फागुन २४ गतेदेखि २८ गतेसम्मको तयारी तिब्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।

इन्फोटेकमा सूचना प्रविधिको प्रदर्शनी, प्रत्येक दिन आइ टी सेमिनार हुने आयोजकले जनाएको छ । यसैगरी लक्की ड्र बाट हरेक दिन एक जनालाई रारा ट्रीप, कम्प्यूटर पिन्टर र ल्यापटपका फ्रि सर्भिस, नेपाली वैज्ञानिकद्धारा निर्मित रोबोर्ट तथा अन्य प्रविधिहरुको प्रर्दशनी हुनेछ । स्कुल स्तरीय वक्तृत्वकला प्रतियोगीता, पियुबिजी गेम प्रतियोगीता, दृष्टिबिहीनहरुलाई कम्प्यूटर तथा मोवाइल चलाउने सिकाइने व्यवस्था समेत जनाइएको छ । सेवा तथा सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुट दिने आयोजकले जनाएको छ साथै अनलाइन टिकेटिङ्गमा निःशुल्क प्रवेशको व्यवस्था मिलाएको आयोजकको भनाई छ ।

इन्फोटेकका लागि स्टलहरु धमाधम बुकिङ्ग भइरहेका छन् भने अन्य गतिविधिहरुलाई पनि तिब्र पारिएको छ । इन्फोटक संचालनका लागि करिब ३६ लाख रुपैयाँ खर्च हुने क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिँदै इन्फोटेकको उद्घाटन कर्णाली प्रदेशमै पहिलो पटक रोबोटबाट गर्ने तयारी भइरहेको बताएका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लाको सहभागीता रहने गरी आयोजना हुन लागेको उक्त इन्फोटेकका समन्वय क्यान महासंघ कर्णाली प्रदेशले गर्ने र त्यसको संरक्षकमा क्यान महासंघ नेपाल रहने आयोजकले जनाएको छ ।

यस अघि सुर्खेत शाखाको आयोजनामा सुण्डे क्यान इन्फोटेक २०१३ र के सेभेन क्यान इन्फोटेक २०१६ सम्पन्न भइसकेको छ । इन्फोटेकमा ७० वटा स्टल रहने आयोजक संस्थाका अध्यक्ष प्रेमप्रकाश चन्दले सूक्ष्मदृष्टिलाई जानकारी गराए । आयोजकका अनुसार इन्फोटेकमा राष्ट्रियस्तरका व्यवसायीहरु सहभागी हुनेछन् भने नेपालमा भित्रिएका नविनतम् प्रविधिहरुको प्रदर्शनी मुख्य आकर्षकको रुपमा रहने बताइएको छ ।

अध्यक्ष चन्दका अनुसार ‘इन्फोटेकलाई स्तरीय, सभ्य र भव्य बनाउन हरसम्भव प्रयास भइरहेको छ । स्टल बुकिङ्क भइरहेका छन् । मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार संचालन हुनेछन् । सरकारी, गैरसरकारी तथा नीजि क्षेत्र, शिक्षक, विद्यार्थी, शिक्षा तथा विज्ञान तथा प्रविधि क्षेत्रको उल्लेख्य सहभागीता हुने अपेक्षा आयोजकले गरेको छ । यस प्रदर्शनीलाई सुर्खेतको लागि सूचना संचार र प्रविधिको ठूलो प्रदर्शनीका रुपमा लिएका छौं अध्यक्ष चन्दले भने ।

उक्त इन्फोटेक करिव १ लाख बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । इन्फोटेकको आयोजनाले कर्णाली प्रदेशमा सूचना संचार र प्रविधिमा जानकारी, प्रचार प्रसारका साथै व्यापार प्रवर्धनमा समेत टेवा पु¥याउने र कर्णाली प्रदेश सरकारले लिएको समृद्ध नेपालका लागि डिजिटल कर्णाली अभियानलाई समेत सहयोग अपेक्षा आयोजकले गरेको छ । साथै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारलाई प्रविधिसंग जोड्नुका साथै स्थानीय मुख्य पर्यटकिय आकर्षण क्षेत्रको हिसावले धार्मिक तथा ऐतिहासिक रुपमा राष्ट्रिय सम्पदा सूचिमा सूचिकृत काँक्रेविहार, बुलबुले ताल, देउतीवज्यै मन्दिर, गोठीकाँडा, घण्टाघर, भेरी र कर्णाली नदी, जाजुरा दह, रारा, थारु होमस्टेलाई प्रविधिमा जोडेर पर्यटन प्रबर्धनमा टेवा पु¥याउने लक्ष्य आयोजकले राखेको छ ।

इन्फोटेकमा अन्तरविद्यालय प्रविधि प्रदर्शनी हुनेछ । टिकट व्यवस्थित गर्न आइएमइ पे मार्फत अनलाईन टिकटको व्यवस्था गरिने बताइएको छ । अनलाईन टिकट काट्नेहरुले निःशुल्क टिकट सुविधा लिने छन् भने जसका लागि मोबाईलमा आइएमइ पे डाउनलोड गरि टिकट लिन सकिनेछ । इन्फोटेक विद्यार्थी मैत्री बनाउने योजना अनुसार आयोजकले विद्यार्थी विद्यालयको पोशाक र परिचयपत्रका साथमा आएमा निःशुल्क प्रवेशको व्यवस्था मिलाउने जनाएको छ ।

तर परिचयपत्र मात्रै भएमा ५० प्रतिशत छुटको व्यवस्था मिलाउने जनाइएको छ । नयाँ प्रविधि सहितका प्रदर्शनी, ५ देखि ५० प्रतिशतसम्म सामानमा छुटको व्यवस्था, स्थानीय तथा राष्ट्रियस्तरमा विकास भएका प्रविधिको प्रदर्शनी, स्मार्ट सेमिनार, निःशुल्क कम्प्युटर तथा प्रिन्टर मर्मत क्याम्प, अन्तर विद्यालय प्रविधि प्रतियोगीता, विज्ञान प्रर्दशनी र फ्रि वाईफाई जोन मुख्य आकर्षकका रुपमा रहने बताइएको छ । कर्णाली प्रदेश सरकार, स्थानीय निकाय, सरकारी तथा नीजि र संचार क्षेत्रको साथ र सहयोग रहने अपेक्षा आयोजकले गरेको छ ।

Bulbule
प्रकाशित मितिः बिहीबार, फागुन १६, २०७५     7:45:32 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *