Loading... 13 November 2019|   बुधबार, कार्तिक २७, २०७६   

महामन्त्री खड्कालाई सुर्खेतमा भव्य स्वागत

  |  1947 Views

सुर्खेत, २ फागुन ।
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई सुर्खेतमा भव्य स्वागत भएको छ । महामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका उनको भव्य स्वागत गरिएको हो ।

खड्कालाई स्वागत गर्न सुर्खेत विमानस्थलमा हजारौं नेता कार्यकर्ता र सर्वसाधारण पुगेका थिए । बुद्ध एयरको विमानबाट ओर्लन वित्तिकै पार्टी सभापति कमलराज रेग्मी, प्रदेश सभा सासद यज्ञबहादुर बिसी, पार्टी सचिब टोप बहादुर रावत लगायत ठुलो संख्यामा आएका काँग्रेसका नेता कार्यकर्ताले खादा दिएर स्वागत गरेका थिए । त्यसपछि बीरेन्द्रनगर बजार हुदै खड्का आफ्नो निवासमा पुगेका थिए ।

स्वर्गिय आमाको वर्षदिनको बरखी कर्ममा सहभागी हुन तीन दिनको लागि आफु सुर्खेत आएको महामन्त्री खड्काले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

Bulbule
प्रकाशित मितिः बिहीबार, फागुन २, २०७५     11:02:44 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *