Loading... 27 May 2019|   सोमवार, जेठ १३, २०७६   

प्रदेस १ को राजधानी बिराटनगरमा खुल्यो अन्तररष्ट्रिय स्तरको सिनेमाहल, दिपकराज गिरी दिपाश्री निरौला, केदार घिमिरेले गरे संयुक्त उदघाटन

  |  162 Views

शिव सत्याल
बुलबुलेखबर, बिराटनगर । प्रदेश नं १ को राजधानी बिराटनगरको बिकास तिब्र गतीमा भईरहेकोछ ।सुविधा सम्पन्न उद्योग, कल कारखाना, होटल, सपिङ मल अन्तरराष्ट्रिय स्तरका सिनेमा हलहरु संचालनमा आउने क्रममा जारी छ । यसै क्रममा शुक्रबार बिराटनगर मेनरोडमा अवस्थित सेन्ट्रल मलमा रहेको सेन्ट्रल सिनेप्लेक्सको बिधिवत रुपमा संचालनमा आएकोछ । नेपाली सिने क्षेत्रका प्रसिद्ध कलाकार दिपाश्री निरौला, दिपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा), बिराटनगर महानगर का मेयर भिम पराजुली लगायत अन्य बिशिष्ठ ब्यक्तीहरुको उपस्थितमा बिधिवत रुप उदघाटन गरी संचालन गरिएको थियो भने सो क्रम अहिलेको ब्लकबस्टर सिनेमा “छक्का पन्जा ३” को बिशेष प्रदर्शन पनि गरिएको थियो ।

करिब ११ करोडको लगानीमा तयार गरिएको सो सिनेमाघरमा २ वटा स्क्रीन रहेका छन भने दुबै हल लगभग ५०० जनाले एकै पटक सिनेमा हेर्न सक्नेछन । सो सिनेमाघरमा उच्च प्रबिधीको टु डि र थ्रीडी स्क्रिन सहित विश्वकै चर्चित ब्रान्ड जे बि यलको साउन्ड सिस्टम वर्ल्ड हेल्थ अर्गनाइजेसन गुणस्तरका एसीहरु रहेको छ ।
विशाल ग्रुप , देवनगरा ग्रुप र हाइलाइफ ग्रुपको संयुक्त लगानीमा संचालन रहेको सो मल्टीप्लेक्स सिनेमा रहेको सेन्ट्रल मल संचालनमा आउन करिब ४० दिन लाग्ने र सो मल संरचना हरु धमाधम निर्माण हुने क्रम बाँकी रहेको र उक्त मलमा अन्तरराष्ट्रिय स्तरका बिदेशी एवम स्वदेशी ब्रान्डको करिब ५० वट शो रुम, रेस्टुरेन्ट, सुपर मार्केट रहने र करिब ४०० जना नेपाली नागरिकले प्रतक्ष्य रोजगारी पाउने जानकारी देवेनरा ग्रुपमा निर्देशका प्रकाश मुन्दराले दिएकाछन ।


Bulbule
प्रकाशित मितिः शनिबार, मंसिर २९, २०७५     12:10:14 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *