Loading... 27 May 2019|   सोमवार, जेठ १३, २०७६   

नागरिक अधिकार प्रत्याभुती गर्नु पर्नेमा जोड

  |  134 Views

सुर्खेत, १६ मंसिर । खानेपानी र सरसफाई नागरिकको मौलिक हकको रुपमा रहेको नागरिक अधिकार प्रत्याभुती गर्ने गरी कर्णाली सरकारले नीति बनाउने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताएका छन् । उनले नेपालको संविधानले नै खानेपानी र सरसफाईलाई नागरिकको सरोकारको बिषय बनाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिए ।

बिकासको नाममा बढेको डोजरको प्रयोगले खानेपानीका मुहानहरुमा प्रतिकूल असर पारेको भन्दै उनले पर्यावरणीय संरक्षणसहितको बिकास अहिले आवश्यकता भएको बताए । ‘बिकासको नाममा हामीले बिनासलाई निम्त्याइरहेका छौ’ सभामुख शाहीले भने, ‘अब बिकास गर्दा ग्रामीण बस्तीको खानेपानी अवस्थालाई मध्यनजर गर्न जरुरी छ ।’ नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न तीनै तहका सरकारहरुको सहकार्य जरुरी भएको बताए । कर्णाली प्रदेश सरकार कानून निर्माणको चरणमा रहेकोले कर्णालीको मौलिकतामा आधारित नीति बनाई कार्यान्वयनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने शाहीले बताए ।

कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दल रावलले कर्णाली प्रदेशमा खानेपानी र सरसफाईका लागि आवश्यक रकम विनियोजन गरिएको बताए । उनले अबको योजना गुणस्तर र पारदर्शी बनाउन नागरिकहरुको सहयोग जरुरी भएको बताए ।

कर्णाली प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री खड्क खत्रीले जनताको अपेक्षा अनुसार काम गर्नै नसकिएको भन्दै आवश्यक कानून निर्माण गरी काम गर्न सरकार आतुर रहेको बताए । प्रदेशको समृद्धिका लागि सबै पक्षको सहकार्य जरुरी भएको उनको भनाई छ ।

कर्णाली प्रदेशका योजना आयोगका सदस्य योगेन्द्र शाहीले कर्णाली प्रदेशको गुरुयोजनामा बजेटदेखी खानेपानीका स्रोतहरुको अध्ययन गरी प्रयाप्त मात्रामा खानेपानीको उचित व्यवस्था मिलाउने गरी योजना प्राथमिकतामा राखिएको बताए ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले प्रदेश सरकारले बनाउने कानुन खानेपानीमैत्री बनाउन सरकारसंग आग्रह गरे । बिकास बजेटको खर्चको प्रगति दयनीय भएको भन्दै उनले खानेपानीको व्यवस्थाका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरे ।

Bulbule
प्रकाशित मितिः आइतवार, मंसिर १६, २०७५     7:30:28 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *