Loading... 14 December 2019|   शनिबार, मंसिर २८, २०७६   

अटिजम भएकाहरुका लागि डे–केयर सेन्टर खोल्ने तयारी

  |  288 Views

सुर्खेत, मंसिर ५ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अटिजम भएकाहरुका लागि डे–केयर सेन्टर खोल्ने तयारी सुरु गरिएको छ । कर्णाली प्रदेश सभा सदस्य सुशिल थापाको छोरामा अटिजम देखापरेपछि उनको सक्रियतामा डे केयर खोल्ने तयारी सुरु भएको हो ।

‘मेरो छोरामा अटिजम देखा प¥यो ।’ उनले भने, ‘यो अटिजमबाट बालबालिकालाई धेरै ठूलो समस्या हुने भएको र उनीहरुको आनीबानीमा परिवर्तन ल्याउन विना तालिम सम्भव नभएकोले हामीले अटिजम डे केयर सेन्टर सथापना गर्ने तयारी गरेका हौं ।

सुर्खेतमा अहिलेसम्म मेरो सम्पर्कमा ८ जना बालबालिकाहरु आइसकेका छन् ।’अटिजम केयर नेपाल सोसाईटी कर्णाली प्रदेशका सदस्य समेत रहेका सांसद थापाले अटिजम भएका बालबालिकाका लागि राज्यले नै केहि गर्नुपर्ने बताए । ‘अटिजम भएकाहरुका लागि राज्य नै अग्रसर हुनुपर्छ । राज्यले नै उनीहरुको संरक्षण, सम्वृद्धन गर्नुपर्छ र उनीहरुलाई आवश्यक हेरचाह तथा तालिमको व्यवस्था गर्न जरुरी छ ।’ उनले भने, ‘यसकालागि मैले प्रदेश सभामा एक विधेयकसमेत दर्ता गर्ने योजना बनाएको छु ।’

के हो अटिजम ?

अटिजम भएका बालबालिकाले अन्य सामान्य बालबालिकाभन्दा भिन्न व्यवहार देखाउँछन् । सिर्जनशील र जिज्ञासु हुनुपर्ने उमेरका बालबालिका एक्लै बस्ने, निर्जिव बस्तुसँग ज्यादा खेल्ने, आफन्तको पनि मतलब नराख्ने तथा अञ्जान व्यक्तिसँग पनि डर नमान्ने स्वभावका हुन्छन् । बिनाकारण हाँस्ने, रुने, चिन्तित हुने, ढिपी कस्ने जस्ता व्यवहार देखाउँछन् ।

Bulbule
प्रकाशित मितिः बुधबार, मंसिर ५, २०७५     7:51:33 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *