Loading... 27 May 2019|   सोमवार, जेठ १३, २०७६   

सर्बाधिक महँगो एेतिहासिक चलचित्र “नालापानी” को ट्रेलर सार्वजनिक

  |  331 Views

बुलबुलेखबर, काठमाडौ । अत्यन्त प्रतिक्षारत एेतिहासिक नेपाली चलचित्र “नालापानी” को ट्रेलर ओ एस आरको यूट्युव च्यानलमा सार्वजनिक गरिएकोछ । आज काठमाडौमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको सो चलचित्र पद्मा कुमारी फिल्म्स र गंगा नारायण फिल्म्सको संयुक्त ब्यानरमा बनाईएको हो । रिमेस अधिकारीले निर्देशन गरेका सो चलचित्रमा मनोज शाक्य निर्माता रहेकाछन भने देशभक्त खनाल, अर्जुनजङ शाही, सन्तोष पन्त, पूजना प्रधान, मनोज शाक्य गीता अधिकारी लगायत कलाकारको अभिनय रहेकोछ ।

अत्यधिक भिजुअल ईफेक्ट तथा एनिमेसन प्रयोग गरी बनाइएको यो चलचित्रको मेकिङ उत्कृष्ट रहेको र नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर तयार पारीएको सो चलचित्रलाई रामशरण उप्रेतीले खिचेका हुन भने बिपिन मल्लले सम्पादक गरेका हुन ।

फिल्मको प्रदर्शन मिती फाइनल नभएको चलचित्र “नालापानी” को कार्यकरी निर्माता ज्ञानेन्द्र थपालिया र सह – निर्मातामा गणेश कार्की रहेकाछन । सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर रहेको ‘नालापानी’ मा कविराज गहतराजको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन छ ।

Bulbule
प्रकाशित मितिः बिहीबार, असोज ११, २०७५     11:15:51 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *