Loading... 15 October 2019|   मंगलबार, असोज २८, २०७६   

पातलीको मायामा मस्त हेमन्त शर्मा – भिडियो

  |  1092 Views

बुलबुलेखबर, काठमाडौं । लोकप्रिय गायक हेमन्त शर्माको पातली मोह सार्वजनिक भएको छ । प्राय फरकपनका गीतसंगीत गर्न रुचाउने शर्मा यसपटक भने पातलीको मायामा चुर्लुम्म डुबेका छन् । गायक शर्माले गीतको म्यूजिक भिडियोमा यहि भावमा अभिनय समेत गरेका छन् ।
आफ्नै शब्द-संगीत तथा स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक शर्मालाई यस पटक भने अहिले चर्चामा रहेकी मोडल एलिसा राईले साथ दिएकी छिन् ।
प्राय: आफ्ना गीतका म्यूजिक भिडियोमा आफैले अभिनय गरेका शर्माले पहिलो पटक गाउँले सोझो युवाको भूमिका निर्वाह गरेका छन् । उनले यस अघिका म्यूजिक भिडियोमा नेपालका चल्तिका प्राय अभिनेत्रीसंग अभिनय गरिसकेका छन् । गीतमा श्याम श्वेत रसाईलीको संगीत संयोजन रहेको छ ।
शर्मा आफैले निर्देशन गरेको “पातली कै माया लाउनी” को म्यूजिक भिडियोमा शिव बि.क को कोरियोग्राफि रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।
पालतीको म्यूजिक भिडियो गायक शर्माले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
भिडियो हेर्नुहोस्

Bulbule
प्रकाशित मितिः शुक्रबार, साउन ४, २०७५     10:03:43 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *