Loading... 19 November 2019|   मंगलबार, मंसिर ३, २०७६   

“डिट्टा साब” ले “चङ्गा” बाट कम्पनी माला लिएर आए । भिडियो सहित

  |  253 Views

काठमाडौं । कान्तिपुर टेलिभिजनमा प्रसारण भइरहेको हाँस्य टेलीश्रृंखला “डिट्टा साब” निर्देशन गर्दै आएका कलाकार किशोर भण्डारीको बहुप्रतिक्षित नेपाली चलचित्र “चङ्गा” को पहिलो गीत यु ट्युबमा सार्वजनिक गरिएकोछ । चर्चित गायक तथा संगितकार राजनराज सिवाकोटीको संगित र स्वर रहेको सो गीतमा गायिका अन्जु पन्तको समेत स्वर रहेकोछ । लोकलयमा आधारित यो गीत को बोल “कम्पनी माला” रहेको छ , जस्मा गीताकार राजेन्द्र थापाले लेखेका छन भने नृत्य निर्देशक कबिराज गहतराज रहेका छन । कलात्मक नृत्य गराउन सफल भएका गहतराजले कलाकारहरुको नृत्यले गीतको भिडियो कलात्मक बनेकोछ ।
जेष्ठ २५ गते प्रदर्शन मिती तोकिएको चलचित्र “चङ्गा” मा बुद्धी तमाङ”हैट” कमलमणी नेपाल, अन्कित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमील्सिना, प्रेम वर्षा शाह, जीवन भट्टराई लगायतको अभिनय रहेकोछ । रविन आचार्यको छायाँकनमा कृष्ण भण्डारीको सम्पादन रहेको यो चलचित्रमा अभिनेत्री रेश्मा तिमील्सिना र पंकु पाण्डे को निर्माण रहेकोछ । कन्टिनियर्स मुभी मेकर्सको ब्यानरमा बनेको यो चलचित्र लाई हास्य अभिनेता किशोर भण्डारीले निर्देशन गरेका हुन भने चलचित्र “चङ्गा” २०७५ सालको जेष्ठ २५ गते प्रदर्सन हुनेछ ।

कम्पनी माला हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Bulbule
प्रकाशित मितिः मंगलबार, बैशाख ४, २०७५     8:24:26 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *