Loading... 15 November 2018|   बिहीबार, कार्तिक २९, २०७५   

घर टहरा हटाएर सडक फराकिलो बनाउदै नगरपालिका

  |  148 Views

अमर कार्की
बाबियाचाैर, सुर्खेत
समुदायको बिकास गर्ने लक्ष्य अनुसार पञ्चपुरी नगरपालिका ले बिकास काे कामलाई तिब्रता दिएकाे छ । ११ वटा वडा कार्यालय रहेकाे नगरपालिका ले पछिल्लो समय सडकलाई प्रमुख प्राथमिकता का साथ काम गरिरहेकाे छ । नगरपालिका ले सडक का लागि बिनियाेजित रकमले मापदण्डअनुसार काम गर्न निर्देशन दिएको छ । नगरपालिका ले मुख्य बजार क्षेत्रमा ३० मिटर र भित्री सडक १० मिटर फराकिलो बनाउदै अाएकाे छ । हामिले सडककाे मापदण्ड ताेकेर साेही अनुसार उपभोक्ता समितिलाई काम गराएकाे नगरपालिका का प्रमुख उपेन्द्र थापाले बताउनुभयो । बस्तिलाई ब्यवस्थापन गर्न का लागि सडक देखि टाढा घर बनाउन अाग्रह समेत गरेकाे जानकारी दिनुभयाे । नगरपालिका ले सडक, खानेपानी, सिचाई, कृषि क्षेत्र लाई बिशेष प्राथमिकता मा राखेकाे समेत बताउनुभयो । बाबियाचाैर बजार क्षेत्रलाई नगरले तत्काल का लागि २० मिटर फराकिलो बनाएकाे छ । नगरपालिका ले बजार क्षेत्र काे सडक निर्माणका लागि १० लाख बजेट बिनियाेजन समेत गरेकाे हाे ।

सडक निर्माण काे जिम्मा पाएकाे बजार ब्यवस्थापन समिति बाबियाचाैर ले सडक छेउमा रहेका घुम्ती, टहरा तथा घर समेत हटाएकाे छ । पहिलाे चरणमा १८ मिटरको सडक निर्माण गरेका छाै पछि बजार ब्यवस्थापन गरेर ३० मिटरसम्म बाटाे बनाउने निर्माण समिति का काेषाध्यक्ष चन्द्रा खनाल ले बताउनुभयो । साथै उहाले सडक निर्माण गर्न थुप्रै चुनाैति अाए पनि सबैसँग सहकार्य गरेर काम गरेको बताउनुभएको छ । समितिले ले अब घर निर्माण गर्दा ३० मिटर बाहिर बनाउन समेत सुझाव दिएकाे छ । अहिले बजार क्षेत्रमा सडक काे नाला निर्माण र ग्राबेल गर्ने काम भैरहेको समिति का अध्यक्ष पारस बिष्टले जानकारी दिनुभएको छ ।

Bulbule
प्रकाशित मितिः मंगलबार, बैशाख ४, २०७५     7:55:53 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *