Loading... 27 May 2019|   सोमवार, जेठ १३, २०७६   

औंठी/ग्रहरत्न धारणको बैज्ञानिकता

  |  379 Views

चैत ५, सुर्खेत । आकाशबाट झर्ने सम्पुर्ण ग्रहको सकारात्मक वा नकारात्मक उर्जालाई ब्यबस्थित गर्न र शारीरिक उर्जा मिलाउन रत्न धारण गर्नुपर्दछ । शरीरमा कुन तत्वको मात्रा कम छ, सोहिअनुसार त्यस तत्वको असरलाइ मिलाउन रत्न धारण गर्ने बिधान रहेको छ। हातका औंलाहरुमध्य तर्जनी औंलाले वायुको प्रतिनिधित्व गरेको हुन्छ। यसको ब्यबस्थापनका लागी यस औंलामार्फत शरीरमा उर्जा सम्प्रेषण गर्न थप बल प्राप्त होस् भन्ने हेतुले रत्न जडित धातुको औठी धारण गरिन्छ। त्यसैगरि मध्यमा औंलाले आकाश तत्वको प्रतिनिधित्व गरेको हुन्छ। आकाशको बिशालतालाइ शरीरभित्र खुला ठाउँका रुपमा ब्यबस्थित गरेको हुन्छ। शरीरका नवद्वार (२कान,२ नाकका प्वाल,१ मुख,२ आँखा,१ मुत्रद्वार र १ मलद्वार) बाट आकाशको बिशालता,ध्वनि त शब्दज्ञानको बिस्तार र बिकासको प्रतिनिधित्व मध्यमा (माझी) औंलाले गरेको हुन्छ।

अनामिका औंलाले शरीरमा पृथ्वी तत्वको प्रतिनिधित्व गरेको हुन्छ। शरीरमा मांश हड्डी आदिको ब्यवस्थापन र सन्तुलनका लागी थप उर्जा प्रदान गर्न यस औंलामा रत्न जडित औंठि धारण गर्नुपर्दछ। यसको प्रत्यक्ष सम्बन्ध हृदय गतिसंग जोडिएको हुन्छ। कनिष्ठि अर्थात कान्छी औंलाद्वारा शरीरमा रहेको सम्पुर्ण रसको ब्यवस्थापन हुन्छ। शरीरमा रसको सन्तुलन मिलाउन,रगत,धातु तथा मनको वृत्तिलाई ब्यबस्थित गर्न यस औंलामा रत्नजडित औंठि धारण गरिन्छ। अङ्गुष्ठ अर्थात बुढी औंलाले शरीरको तेज अर्थात् शरीरको तापक्रमलाई ब्यबस्थित र सन्तुलित गर्न सहयोग पुर्याउँछ। अन्य चार औंला भन्दा भिन्न रहनुको तात्पर्य अग्नि,पृथ्वी,जल,वायु र आकाशभन्दा पृथक रहनु नै उपयुक्त हुन्छ। शरीरमा रहेको रसको मात्रालाइ मोतिले सन्तुलित गर्दछ। तेजको मात्रालाइ माणिक्यले ब्यबस्थित गर्दछ। यसैगरी वायुको मात्रालाइ पुष्पराजले,मासी,हड्डी जोर्नी र वायुको मात्रालाइ निलमले सहयोग पुर्याउँदछ। लहसुनिया र गोमेदले लिभर,आमासय र पाचन क्रियालाइ ब्यबस्थित बनाउन सहयोग गर्दछ। मुगाले शरीरलाई सुखसम्बृदि र आत्मिक आनन्दता प्रदान गर्दछ। हिराले उत्साह उमंग प्रदान गर्दै शुक्रजनित अशुभ दोषलाई सान्त गर्दै प्रजनन शक्तिको बिकास गर्दछ। साथै शरीरको प्राणिक उर्जालाई सहयोग पुर्याउँदछ।

प्रत्येक ग्रहको नकारात्मक प्रभावलाई हटाउन र सकारात्मक उर्जा ब्यबस्थित गर्नका निम्ति औंला,गला या पाखुरामा रत्नधारण आबस्यक पर्दछ। ज्योतिष शास्त्र अनुसार जन्म पत्रीकाकामा रहेको राशी त्यसको स्वरुप,तत्व र गुणमा DNA को सन्तुलन मिलाउनका लागी हातका औंलाहरुमा रत्नधारण बिधान गरिएको छ। बिजमुल र त्यसको सन्तुलनबाट शरीरका सम्पुर्ण अङ्गप्रत्यङग सन्तुलित र ब्यबस्थित हुन्छन्। जन्म कुण्डलिमा रहेका ग्रहहरुको अबस्थाबाट सकारात्मक वा नकारात्मक उर्जा प्रदान गरेको बुझ्न सकिन्छ। रत्नधारण आफै एक टेक्निकल कुरा हो त्यसैले बिना ज्योतिषीय सल्लाह बमोजिम धारण गर्नु आफैंमा चुनौती निम्ताउनु हुन्छ त्यसैले सम्पुर्ण नबग्रहको अबस्थिति बुझेर मात्र रत्नधारण गर्नु उपयुक्त हुन्छ।
-आदित्य राज उपाध्याय(युवा ज्योतिषी)

Bulbule
प्रकाशित मितिः सोमवार, चैत्र ५, २०७४     8:57:38 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *