Loading... 23 July 2019|   मंगलबार, साउन ७, २०७६   

चर्चित कलाकार गजित बिष्ट टेन टु फाइभमा, यस्तो छ गजितको भूमिका

  |  369 Views

काठमाडौ । नेपाली चलचित्र क्षेत्रकै सर्बाधिक चर्चित कोरियोग्राफर एवम नायक पहिलो पल्ट अभिनय गरेको चलचित्र “मायाज बार” पछी पछाडि नफर्केका कलाकार गजित बिष्टले अहिले सम्म दर्जनौ फिल्ममा काम गरिसकेका छन । चलचित्र “मायाजबार” दिनेश डिसी निर्देशित फिल्म हो । गजितको पहिलो फिल्म मायाज बारले फिल्म बजारमा निकै चर्चा बटुलेको थियो । गजित बिष्ट अहिले आफ्ना छोरा सौगात बिष्टको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘हैरान’मा काम गर्दैछन् । यस फिल्ममा उनी नायक बनेर अभिनय गरेका छन ।


यस अघी सानो पर्दामा नदेखिएका कलाकार गजित बिष्ट अहिले निर्मल शर्मा एवम कमल मैनाली निर्देशित टेलिफिल्म “टेन टु फाइभ” मा समेत काम गर्दैछन । टेलीफिल्म “टेन टु फाइभ” नेपालकै पहिलो एच डि च्यानल एपी वानमा हरेक आईतवार बेलुकी ९ बजे प्रसारण हुन्छ भने संसारभरी यूट्युब र फेसबुक पेजमा लाइभ समेत हेर्न मिल्छ ।
मल्टीस्टार कलाकारको समेत अभिनय रहेको यो टेलिफिल्म अहिले सर्बाधिक चर्चामा छ । सरकारी कार्यालय वा अन्य जुनसुकै कार्यालयको ढिला सुस्ती एवम नेपाली राजनीतिकमा भएको उथलपुथल को बारेमा बन्ने गरेको छ ।


“टेन टु फाइभ” लाई कलाकार द्वय निर्मल शर्मा एवम कमल कान्त मैनालीले निर्देशन गरेका छन भने, नायिका रज्नी केसी, मुकुन्द मैनाली, केशब भट्टराई, कमल मैनाली, निर्मल शर्मा, शिवहरी आचार्य, प्रेम पाण्डे, सुरेश तिम्सिना, रबी शर्मा “घाटो”,गोपाल ढकाल “छन्दे”, घनश्याम गौतम, बिन्दा खतिवडा, स्मारिका खनाल लगायत कलाकारको अभिनय रहेको छ । हरेक हप्ता प्रसारण हुने यो टेलिफिल्ममा हरेक हप्ता नयाँं कलाकार अतिथीको भूमिकामा देखिने गरेका छन ।

Bulbule
प्रकाशित मितिः सोमवार, माघ १५, २०७४     9:20:21 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *