Loading... 23 July 2019|   मंगलबार, साउन ७, २०७६   

पढाईमा ज्योतिषीय टिप्स

  |  522 Views

पुष ४, सुर्खेत।
अहिलेको शताब्दी बिज्ञान र आबिस्कारको समय हो। हर ब्यक्ति पढ्न चाहन्छ तर सबै त्यति भाग्यमानी हुदैनन् किनकि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्ने चाहना मन भित्रै लुकेको छ। शिक्षा अहिले मानिसको स्तर नाप्ने साधन नि हुन थालेको छ। हरेक काममा अगाडि बढ्न शिक्षा अनिबार्य भैसकेको छ। तर कसरी पढ्ने भन्ने कुरा चाँहि अति महत्त्वपुर्ण कुरा हो जसबारे तल ज्योतिषीय टिप्सबाट चर्चा गरिएको छ।

१) पुर्बमुख: अधिकाँश ब्यक्तिले जताततै फर्केर पढ्ने गर्दछन जुन कुरा गलत छ। वास्तु नियम र बैज्ञानिक आधारलाई मान्दा पुर्ब फर्केर पढ्नु अति शुभ मानिन्छ।किनकि पुर्बी दिशामा सबैभन्दा सकारात्मक उर्जा हुन्छ। यधपी पुर्ब सम्भब नहुदा उत्तर पनि फर्केर पढ्न सकिन्छ। त्यसैगरी बिध्यार्थिले पुर्ब सिरानी गरेर सुत्नु पर्दछ जस्ले आयु वृद्धि, निरोगीपना र मानसिक उर्जा राम्रो बनाउने काम गर्दछ।

२) समय छ्नोट: पढ्ने भन्ने बित्तिकै त जतिबेला पनि किताब समात्ने कि नोट समातेर रट्ने बानी धेरैको हुन्छ तर त्यसरी नपढेर बिहानको अमृत समयमा पढ्नु सबैभन्दा लाभदायक हुने गर्दछ किनकी त्यो समयमा पृथ्वीमा सबैभन्दा राम्रो र सकारात्मक उर्जा रहन्छ जस्ले पढेलेखेका कुरालाई लामो समयसम्म ताजकी राख्न मद्दत गर्दछ। विशेषगरि यो समयमा सुत्रहरु अनि महत्त्वपूर्ण तर आफुलाइ पढ्न गाह्रो लाग्ने कुराको पढाई गर्नु पर्छ र लेख्दै पढ्दै गर्दा छिटो सिक्ने र सम्झने क्षमतामा वृद्धि हुन्छ।

३)सुर्यलाई जल: कतिपयलाइ लाग्न सक्छ सुर्यलाइ जल चढाउनु ढोङी परम्परा हो भनेर तर यो बिज्ञान सिद्ध छ कि प्रत्येक दिन बिहान उदाउँदो सुर्यलाई बिधि पुर्बक जल चढाउँदा मानसिक, शारिरिक र आखाको दृष्टिमा सुधार आएर मानसिक पुनर्ताजगी प्रदान गर्दछ। पानीले पृज्मको काम गर्दछ र सुर्यबाट आएको किरणलाइ सात वटा विभिन्न किरणमा बदलेर हरेक अङप्रतेङ्ग्लाइ भरपुर उर्जा प्रदान गर्दछ।

४)बिधुतिय सामग्रीको प्रयोग:बर्तमान समयमा भोलिको कर्णधार युवा पुस्ता बिधुतिय सामाग्री जस्तै मोबाइल, ल्यापटप, टि.भि र महँगा ग्याजेटको लतमा छन जस्ले मानसिक ह्रास र अल्छिपना निम्त्याएको छ। यस्ता चिजबिजको अधिक प्रयोगले आफ्नो लक्ष्य र पढाई दुबैमा असर गरिरहेको छ। सुत्ने समयमा सिरानी मुनि राख्ने येस्ता चिजले विभिन्न विकिरणहरु फ्याक्नुको साथै मानसिक बिचलन पनि ल्याइदिन्छन तेसैले सुत्ने ठाँउ भन्दा छुट्टै सुरक्षीत तबरले ब्यबस्थापन गर्नु पर्दछ।

५) आफ्नो चिनाबारे जानकारी: सामान्यतया चिना भन्ने बितिकै आम मानिसले राशी भन्ने बुझ्दछन जुन सतही बुझाइ हो। चिनामा के पढ्दा उत्तम अनि कहाँ
पढ्ने( स्वदेश वा बिदेश) भन्ने कुराको समयमा नै जानकारी नहुदा पछी गएर धेरै युवा/युवती पछुताउने स्थितीमा पुग्ने गर्दछन। त्यसैले समयमा नै आफ्नो चिना राम्रो ज्योतिषीलाइ देखायर उचित परामर्श लिएर अघि बढ्दा समयमा लक्ष्य प्राप्ति हुन्छ।

६)रत्न,रुद्राक्ष र वास्तु पिरामिड प्रयोग: प्रत्येक मानिसको शरीरको उर्जा र मानसिक क्षमता फरक फरक हुने गर्दछ। ग्रहको उचित तालमेल र शारिरिक उर्जा संकटले पनि पढाईमा अनावश्यक दुख, हैरानी र मस्तिष्कको एकाग्रतामा भङ्ग ल्याउने गर्दछ त्यसैले आफ्नो समस्याको पहिचान गरि यथोचित सल्लाहबाट येस्ता बिधि अबलम्बन गर्दा शैक्षिक स्थितीमा अकल्पनीय सुधार ल्याउन सकिन्छ।

७) शैक्षिक सामाग्री र दिशा मिलान: प्राय मानिसको सोचमा सबै दिशाहरु शुभाशुभ भन्ने भ्रम हुन्छ तर वास्तु बिधिलाई सिद्ध गर्दा शैक्षिक सामग्रीहरु इशान्ने कोण वा आग्नय कोणलाइ उपयुक्त मानिन्छ। पढ्ने बिध्यार्थीलाइ उतर-पुर्बको कोठा सबैभन्दा उतम स्थान हो।जसमा सुर्यको अत्यन्त शुभ र सकारात्मक उर्जा रहन्छ।

८) उचित खाना र शारीरिक ब्याम: आहार र ब्यबहारको चर्चा हाम्रो पूर्वीय शास्त्रमा युग देखी चलिआएको छ। आफ्नो मस्तिष्कलाइ सधैं ताजा र जागा राख्नलाइ साद्बिक भोजन अनि प्रयाप्त मात्रमा पानीको मात्रा शरीरमा मिल्नु जरुरी छ। आजका युवा पुस्तामा लोकप्रिय तारेको अनि भुटेर अति मिठो सुगन्धित खानेकुराले हाम्रो मानसिक अबस्थालाइ आघात पुराउने तथ्य सबैमाझ सर्बबिबिधै छ। आफ्नो सारिरिक अबस्थामा अनुरुप विभिन्न ब्याम, कसर, खेलकुद अनि ध्यान र योग अभ्यास गर्न सकिन्छ। जस्ले उमेर संगै आउने मानसिक ह्रासता र बुढौलिपना पनि कमगर्दै आफ्नो शिक्षालाइ सधैं उज्यालो दिइनै रहन्छ।
कर्म सबैले गर्नु जरुरी छ तर के, कस्तो कर्म गर्ने अनि कहाँ गर्ने, कहिले गर्ने, कसरी गर्ने जस्ता अति धेरै क्षेत्रका प्रश्नले मनको दैलो घचेटि रहेका छन् भने राम्रो ज्योतिषीलाइ भेट्ने र आफ्नोबारे बुझेर स्वदेश वा बिदेश शिक्षाका लागी प्रस्थान गर्न सकिन्छ। मुख्यतया जन्मपत्रीका(चिना)मा शनी,बृहस्पति र बुध राम्रो हुने ब्यक्तिलाई बिदेशको पढाई राम्रो हुन्छ।
आदित्य राज उपाध्याय (युवा ज्योतिषी)

Bulbule
प्रकाशित मितिः मंगलबार, पुस ४, २०७४     8:22:41 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *