Loading... 23 July 2019|   मंगलबार, साउन ७, २०७६   

लण्डनमा अर्को घातक हमला, मुस्लिम समुदाय हताहत

  |  300 Views

काठमाडौं । लण्डनमा पुनः घातक आक्रमण भएको छ । लण्डन ब्रिजमा भएको आतंकवादी हमलापछि गएराति मध्यरातमा फिन्सबरी पार्क क्षेत्रको सेवन सिस्टर रोडमा आक्रमण भएको हो ।


रमजानको प्रार्थनाका लागि मस्जिदतर्फ गइरहेका पैदलयात्रीलाई लक्षित गरी एक भ्यानले ठक्कर दिएको थियो । हालसम्म एजनाको मृत्यु भएको र आठ जना घाइते भएको जानकारीमा आएको बीबीसीले लेखेको छ ।

लण्डन ब्रिजको आक्रमणमा आतंकवादीको संलग्नता भए पनि सेवेन सिस्टर रोडमा मध्यराति १२ बजे भएको आक्रमणमा कसको संलग्नता छ भनेर खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार रमजानको प्रार्थनाका लागि आवत-जावत गर्नेहरुको कारण बाटोमा निकै भिडभाड थियो ।

लण्डन मेट्रोपोलिटन पुलिसले सेवेन सिस्टर रोडलाई अहिले बन्द गरेको छ ।

मुस्लिम काउन्सील ब्रिटेन (एमसीबी)काअनुसार चालकले जानीजानी पैदलयात्रीलाई ठक्कर दिएको थियो । अन्धाधुन्द ठक्कर दिने भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

– एजेन्सीको सहयोगमा

Bulbule
प्रकाशित मितिः सोमवार, असार ५, २०७४     1:57:38 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *